समाचार

एक लाख घुससहित सूचना प्रविधि अधिकृत तामाङ अख्तियारको फन्दामा

Banner

काठमाडौं,साउन १८-

नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई घुसररिसवत लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख–हैरानी दिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले निगरानी तथा अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसररिसवतबापत एक लाख रुपैयाँ लिएको अवस्थामा काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। उनीसँग उक्त घुस रकमसहित स्रोत नखुलेको थप रु. ५ हजार समेत बरामद भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area