Uncategorized

ओली सरकारले गरेका सहमति कार्यान्वयन नभए भदौमा शिक्षकले आन्दोलन गर्ने

Banner

काठमाडौं, साउन १८-

नेपाल शिक्षक महासंघले विगतमा सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघको साउन १६ र १७ गते बसेको परिषद् बैठकले माग सम्बोधन नभए भदौ महिनादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले विगतमा गरेको सहमति कार्यान्वयनमा बेवास्ता गरे विगतका आन्दोलनभन्दा अझ ठूलो सहभागितासहित सडक संघर्षमा जाने बताए। शिक्षा नियमावलीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष सुवेदीले शिक्षकका माग सम्बोधनका लागि थप छलफल गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए।

शिक्षक महासंघले यसअघि २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो। उक्त आन्दोलन २९ दिनसम्म चलेपछि २०८२ वैशाख १७ गते सरकारले महासंघसँग नौ बुँदे सहमति गरेको थियो। तर सहमति भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि शिक्षा ऐन जारी नभएको र सहमतिका बुँदा कार्यान्वयन नभएको भन्दै महासंघले पुनः आन्दोलनको तयारी थालेको जनाएको छ। महासंघले अबका कार्यक्रमबारे थप निर्णय गरेर सार्वजनिक गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area