Breaking News

१ करोड बढी हिनामिना गरेर फरार चितवन मालपोतका अधिकृत पक्राउ

Banner

चितवन,फागुन १२-

एक करोड बढी राजश्व हिनामिना गरेको अभियोग लागेका चितवन जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई प्रहरीले पक्राउ गरेको छ। एक करोड १७ लाख बढी राजश्व हिनामिना गरेर फरार रहेका दमाईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज (बुधबार) काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो।

भरतपुर घर भएका ५९ वर्षीय दमाईले राजश्वबापत उठेको पैसा दाखिल नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेका थिए। ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले दमाईलाई पक्राउ गरी अनुसन्धान थालेको बताए।

थापाका अनुसार दमाईले आर्थिक वर्ष२०७४–७५ मा उत्त राजश्व रकम हिनामिना गरेका थिए। लेखा अधिकृत दमाई ०७५ मंसिर मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन थिए। आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दमाई फरार भएका हुन्। दमाईले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैंले प्रयोग गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>