Breaking News

‘पापले लाग्दैन कुष्ठरोग, विभेद नगरौं’

Banner

मनिका विश्वकर्मा,

चितवन, माघ २३–

कुष्ठरोगीलाई हेर्ने विभेद दृष्टिकोण परिवर्तन गर्न ‘द लेप्रसी मिशन नेपाल’ले माग गरेको छ । पापले गर्दा यो रोग लाग्ने भन्ने नकारात्मक सोँचलाई परिवर्तन गर्नुपर्छ भन्दै संस्थाले आज (शुक्रबार) एक कार्यक्रमकाबीच सो माग गरेको हो ।

कानुनले पनि कुष्ठरोगका बिरामीलाई विभेद गरिएको देखिन्छ । भाग–३ पारिवारिक कानुन परिच्छेद–१ विवाह सम्बन्धी व्यवस्थाको ७१ (ग) मा पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिबिहिन वा कुष्ठरोगी भएकोमा विवाह गर्न नहुने भनिएको छ । यसले गर्दा पनि समाजमा कुष्ठरोगीलाई हेर्ने विभेद कम हुन नसकेको द लेप्रसी मिशन नेपालको ठहर छ । यस संस्थाले कुष्ठरोग बारे जनता जगाउने काम गर्छ । चितवनमा यस संस्थाका ६ वटा सहकार्यहरु रहेका छन् ।

कुष्ठरोग कुनै पापले गर्दा नहुने र यो एक प्रकारको सरुवा रोग रहेको द लिर्पोसी मिशन नेपालकी जिल्ला संयोजक शुसिला श्रीस मगरले बताइन् । कुष्ठरोग आँखा देख्न नसक्ने ‘माइक्रोव्याक्टेरियम लेप्रे’ किटाणुबाट लाग्ने गरेको मगरले जानकारी दिईन् । २ देखी ५ वर्ष र कहिलेकाँही ३० वर्ष भन्दा उमेर समूहलाई पनि कुष्ठरोग लाग्ने उनले बताईन् । कुष्ठरोग पनि दुई प्रकारका हुने उनले बताईन् । जसमा थोरै किटाणु भएको कम सर्ने र धेरै किटाणु भएको धेरै सर्ने रहेको छ । समयमा नै उपचार हुन नसके यो रोगले शरीरको अंगभगं नै गरिदिने मगरले बताइन् । जापानमा कुष्ठरोगका बिरामीलाई ५१ हजार क्षतिपूर्ती दिने गरिन्छ तर नेपालमा कुष्ठरोगका बिरामीलाई निःशुल्क उपचार मात्रै गरिदिने व्यवस्था रहेको उनले बताईन् ।

चितवनमा कुष्ठरोग लागेका बिरामीहरुको संख्या घट्दो क्रममा रहेको छ । चितवनमा हाल १ सय १६ जना कुष्ठरोगी बिरामीले औषधी खाइरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । २०७५÷७६ अनुसार पछिल्लो समय चितवनमा कुष्ठरोगीको बिरामी निवारणको अवस्थामा रहेको तिवारीले बताए । चालु आर्थिक वर्ष २०७७÷२०७८ मा चितवनमा ५६ जना कुष्ठरोगका बिरामी भेटिएका छन् । कुष्ठरोग लागेका बिरामीलाई दिने औषधी ज्यादै महंगो हुने र एउटा गुणस्तरीय औषधीको मूल्य नै ५ लाख रुपैयाँ पर्ने उनले बताए । चितवनमा स्वास्थ्य कार्यालयमा नै कुष्ठरोगका बिरामीहरुलाई सेवा सुविधा दिने प्रयोगशाला रहेको छ । नेपालमा कुष्ठरोगका बिरामी हेर्ने मुख्यतया दुईवटा मात्रै आनन्दबान र लालगढ भन्ने अस्पताल रहेका छन् । सय जना व्यक्तिमा किटाणु प्रवेश गरेमा मात्र ३ जनालाई रोगका प्रारम्भिक लक्षण देखिने संभावना हुने तिवारीले जानकारी दिए । कुष्ठरोगका बिरामीलाई विभेद नगर्न उनले आग्रह गरेका छन् ।

चितवनमा कुष्ठरोग लागेका बढीजसो व्यक्तिहरु भरतपुर महानगरपालिकाको नारायणी किनार छेउमा बसोबास गर्ने गरेको तिवारीले जानकारी दिए । २०७५÷७६ सालको तथ्यांक अनुसार भरतपुरमा २९, रत्ननगरमा १०, खैरहनीमा ९, राप्तीमा ५, माडीमा ५, कालिका र इच्छाकामनामा १÷१ जना कुष्ठरोगका बिरामी रहेका छन् । समग्र नेपालमा भने २०७५÷७६ को तथ्यांक अनुसार कुष्ठरोगका ११.५६ प्रतिशत बिरामीहरु रहेका छन् ।

No description available.

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>