Breaking News

प्रचण्ड–नेपाल समूहको बन्द: महानगर खुल्ला, मेयर दाहाल आन्दोलन गर्दै सडकमा  

Banner

चितवन, माघ  २२-

आज देशभर नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको बन्दको प्रभाव चितवनमा आंशिक रुपमा परेको छ ।

सडकमा सवारीसाधन सिमित रुपमा गुडेका छन् भने शैक्षिकसंस्थालगायत व्यापारव्यवसाय ठप्प छन् ।  यहाँका सरकारी कार्यालय भने सिमितरुपमा खुलेका देखिन्छन् । यस्तै भरतपुर महानगरपालिकाको कार्यालय पनि सेवाग्राहीको लागि खुलेको छ ।

भरतपुर महानगरको सोधपुछ कक्षका खरिदार बुद्धिसागर न्यौपानेले बिहानैदेखि महानगर खुला रहेको जानकारी दिए । उनले भने ‘महानगर खुलै छ,  हिजो अस्ती भन्दा बन्दले कम सेवाग्राही आउनुभएको छ  ।’ यस्तै महानगर खुला भए पनि मेयर रेनु दाहाल भने कार्यकक्षमा भेटिइनन् । उनी नारायणगढको पुचोकमा नेकपा पचण्ड–माधव समूहका कार्यकर्ताले गरेको बन्दको कार्यक्रममा सहभागी थिइन् ।

यस्तै महानगरबाहेक बन्दको बेवास्ता गर्दै जिल्ला समन्वय समिति लगायत जिल्ला प्रशासन कार्यलय पनि सेवाग्राहीका लागि खुला रहेका छन्।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>