Breaking News

चितवनमा बिहानैदेखि प्रचण्ड-नेपाल समूहको प्रदर्शन, पुल्चोकमा सडक अबरोध

Banner

चितवन,माघ २२-

आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले चितवन सहित देशभरआम हड्ताल गरेको छ । चितवन प्रशासनले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् ।

हड्ताल सफल बनाउन बिहानैदेखि चितवनमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । कार्यकर्ताले पुल्चेकमा अन्य जिल्लाबाट आएका सवारीसाधनलाई रोकेका छन । जिल्लामा अहिलेसम्म कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सरकारले संवैधानिक निकायहरूमा नियुक्तिलगायतका काम गरेको भन्दै दाहाल–नेपाल समूहले बुधबार आन्दोलनका थप कार्यक्रम घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>