मौसम

आज तराईमा हुस्सु र पहाडी क्षेत्रमा मौसम बद्ली हुने

Banner

चितवन,माघ ४ –

अहिले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको छ भने तराईमा हुस्सु तथा कुहिरो लागेको छ । उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बद्ली भएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

अहिले तराईमा लागेको बाक्लो हुस्सु दिउँसोपखबाट हट्ने उहाँले बताउनुभयो । आज बेलुकी पनि पूर्वका पहाडी क्षेत्रमा बद्ली हुने र भोलि बेलुकीपख केही ठाउँमा सामान्य वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>