समाचार
आजदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने
०

काठमाडौं, माघ १-
माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो।
यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निस्शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।
दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























