Breaking News

प्रधानमन्त्री ओलीले भने -‘भारतसँग मित्रता बढाउन चाहन्छु’

Banner

काठमाडौं, पुस २६ –

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको बताएका छन् । राष्ट्रिय सभा बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहेको बताएका हुन ।

ओलीले भने ‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु। मित्रता बढाउन चाहन्छु । सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन चाहन्छु। समानताका आधारमा मनदेखिको मित्रता हुने हो।’

ओलीले भू-भाग हडपिएको थाहा हुँदाहुँदै बोल्न नसक्ने र बाहिर सम्बन्ध राम्रो छ भन्ने विगतमा गरिएकोप्रति असन्तुष्टि पनि जनाएका छन्।

‘हाम्रो न्यायोचित भनाइ पूरा गराउने प्रयास गर्नुपर्छ त्यसकारण छलफल गर्नुपर्छ,’ उनले भने, ‘भू(भाग हडपिएको थाहा छ अनि बोल्न नसक्ने, सम्बन्ध राम्रै छ भन्ने। सीमा समस्या छ भने हाम्रा अडान राख्नुपर्छ। न्यायोचित तर्क हामीले प्रस्तुत गर्नुपर्छ।’ ओलीले राष्ट्रवादका ठूला कुरा नगर्न पनि आग्रह गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>