Breaking News

नवलपुरको चोरमारा जङ्गलमा भारतीय टेलरले ठक्कर दिँदा एकको मृत्यु

Banner

कावासोती,पुस २५-

पूर्वपश्चिम राजमार्गअन्तर्गत चोरमारा जङ्गलमा भारतीय टेलर (लहरी)ले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–७ मा पर्ने सो सडकमा पूर्वतर्फ जाँदै गरेको युपी २२ एटी १०८७ नंको लहरीले ना २१ प ७५६५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो भएको सो दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको नाम, ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्वका प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाइएको प्रवक्ता खाँणले बताउनुभयो ।

ठक्कर दिने लहरी, त्यसका चालक तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>