Breaking News

चितवनमा भोलि कांग्रेसको प्रदर्शन, ११ वटै भ्रातृ संगठन एकसाथ सडकमा

Banner

चितवन, माघ १८-

नेपाली कांग्रेस चितवनले भोलि प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध भरतपुरमा प्रदर्शन गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार चितवनमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो । भोलिको प्रदर्शनमा सहभागी बन्न चितवनसहित देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकलाई कांग्रेसले आग्रह गरेको छ ।

नेपाली कांग्रेसको १३ वटै भ्रातृ संगठनले चितवनसहित ७७ जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले चितवनमा रहेका कांग्रेसका ११ भातृसंगठनको भोलिको प्रदर्शनमा सहभागिता रहने नारायणी अनलाइनलाई जानकारी दिए । उनले नेपाली कांग्रेसको तरुण दलले हाकिम चोकबाट, नेपाल विद्यार्थी संघले वीरेन्द्र बहुमुखी क्याम्पसबाट र महिला संघले गेष्ट हाउस चौरबाट जुलुस निकालेर चौबिस कोठीमा प्रदर्शन गर्ने बताए ।

भोलि प्रदर्शन गर्ने कांग्रेस भ्रातृ संगठनमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ र नेपाल ठाकुर समाज छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>