Breaking News
ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्छन्ः सुरेन्द्र पाण्डे

चितवन,माघ १९-
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने दाबी गरेका छन्। आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै पाण्डले यस्तो भने, ‘यही २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्।’विभाजित नेकपाको ओली पक्षले २३ माघमा काठमाडौंमा वृहत आमसभाको तयारी गर्दै गर्दा पाण्डेले यस्तो बताएका हुन् ।
ओलीको कदमले दक्षिणपन्थी खुशी भएको र २३ गतेको आमसभामा राजावादीहरू सहभागी उनको दाबी छ । ‘ओलीको कदमले दक्षिणपन्थी खुशी भएका छन्,’ पाण्डेले भने, ‘उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन् । हिजो ऋषि देवकोटा ‘आजात’को हत्या गर्नेहरु नै ओलीको प्रसंसा गरिरहेका छन् । मैले सुनेको हुँ, २३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् ।’
























