Breaking News

चितवनमा प्रधानमन्त्री ओलीको विरोधमा प्रचण्ड–माधव पक्षका युवाहरुले बाले टायर

Banner

चितवन, माघ १७–

प्रधानमन्त्री केपी शर्मा ओली दुई ठूला आयोजनाको शिलान्यासका लागि आज चितवन आउँदैछन् ।

प्रधानमन्त्री आउने भएपछि त्यसको विरोधस्वरुप युवाहरुले टायर बालेका छन् । नारायणगढको मुख्य सडकमा कालो पर्चा फाल्दै टायर बालेर प्रधानमन्त्रीको विरोध प्रदर्शन गरेका हुन् ।

अनेरास्ववियू चितवन लेखिएको पर्चामा असंवैधानिक कदम खारेज गर, निरंकुशता लाद्न पाइदैन, प्रतिगामीहरु होसियारलगायतका नारा लेखिएको छ । प्रधानमन्त्री ओली सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्न आउन लागेको भन्दै नेकपा (प्रचण्ड–माधव समूह) र भरतपुर महानगरपालिकाले विरोध गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>