खेलकुद
इपीएलः आर्सनलले चेल्सीलाई हरायो
०

काठमाडौं, पुस १२–
जारी इंग्लिस प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई हराएको छ। आर्सनलले शनिबार राति भएको खेलमा चेल्सीलाई ३–१ गोल अन्तरले हराउन सफल भएको हो।
खेलको ३४ मिनेटमा आर्सनलले अग्रता लियो। आर्सनलका लागि एलेक्जेन्डर लेकाजेटले पेनाल्टीमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए। ४४ मिनेटमा आर्सनलका लागि ग्रेनिट जाकाले दोस्रो गोल गरेका थिए।
५६ मिनेटमा आर्सनलले तेस्रो गोल गर्दै खेलमा पकड जमायो। आर्सनलका लागि बुकायो साकाले तेस्रो गोल गरे।
चेल्सीका अब्राहमले ८५ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
लिगमा आर्सनल १५ खेलबाट १७ अंक जोडेर १४औं स्थानमा छ। सातौं स्थानमा झरेको चेल्सीले १५ खेलबाट २५ अंक जोडेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























