गण्डकी

देवघाटको कन्या गुरुकुललाई आर्थिक सहयोग

Banner

देवघाट, मंसिर १०-

स्पाउज क्लब अफ नारायणगढ रोटरीले देवघाटको रामजानकी गार्गी कन्या गुरुकुललाई आर्थिक सहयोग गरेको छ ।

गुरुकुलमा शिक्षा लिइरहेका करिब ५४ जना कन्याका लागि आज एक कार्यक्रमबीच क्लबकी अध्यक्ष मनसा थैवले नगद १० हजार ५०५ आर्थिक सहयोग प्रदान गरिन् । अध्यक्ष मनसा थैवको अध्यक्षतामा भएको कार्यक्रममा गुरुकुलकी अध्यक्ष एवम् प्रमुख संरक्षक भगवती उपाध्याय विशिष्ट अतिथिको रूपमा थिइन् । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेल र विशिष्ट अतिथि भगवती उपाध्यायले मन्तव्य राखेका थिए । कार्यक्रममा क्लबकी अध्यक्ष थैवले आगामी दिनमा सो संस्थाको लागि आवश्यकता अनुरुप थप सहयोगहरू प्रदान गर्ने बताइन् ।

नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्ष रोहितकुमार श्रेष्ठ, कोषाध्यक्ष विमल श्रेष्ठ, कार्यक्रम संयोजक तथा स्पाउज क्लब अफ नारायणगढ रोटरीका सदस्य कल्पना थपलिया र अर्का सदस्य निलिमा प्रधानको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन इन्दु श्रेष्ठले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>