Breaking News

चितवनमा सुरेन्द्र पाण्डेमाथि भएको नाराबाजीकोे छानबिन गर: नेता नेपाल

Banner

चितवन, मंसिर ६-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले चितवनमा नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्सर्ना  गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवम् सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने कार्य भएको भएको उनले बताएका छन् ।

नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार चितवनको राप्ती नगर पार्टीको बैठकमा बोलिरहँदा केही नेताहरुले नाराबाजी गरेका थिए ।केपी ओली समूहका युवा तथा विद्यार्थीहरुले पाण्डे सहभागी कार्यक्रममा नाराबाजी गर्दा कार्यक्रम नै बिथोलिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>