प्रचलन

मंसिर २ गते किजापूजामा पनि बिदा

Banner

 

काठमाडौँ कात्तिक २६–

सरकारले मंसिर २ गते बिदा थप गर्ने निर्णय गरेको छ।

किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा थप गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो।

तिहार बिदाबारे यो वर्ष विवाद छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाईरगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवद्र्धन पूजा तथा भाइपूजा तोकेको छ।

२९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहन्छ ।

त्यसैले कात्तिक २९ गते लक्ष्मीपूजा गर्नु उपयुक्त हुन्छ ।

तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन्।

यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ। यो विवादमा सम्बोधन गर्न सरकारले मंसिर २ गते विवाद थप गर्ने निर्णय गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>