देश/प्रदेश
धनुषामा हवाई फायरगरी भारतीय लागुऔषध कारोबारी पक्राउ
०

जनकपुर, साउन ८-
धनुषामा प्रहरीले हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं।६ बाट २ जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारतको मधुवनीका २८ वर्षिय सन्तोष कुमार महतो र सोही स्थानका ४५ वर्षिय मिथिलेश साहु रहेका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन १ राउण्ड हवाई फायर गरेको थियो । पक्राउ परेका दुबै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको छ ।
साथै उनीहरुबाट २ थान मोबाईल, भारतीय आधार कार्ड र भारतीय सवारी चालक अनुमति पत्र पनि बरामद भएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ढल्केवार, धनुषामा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























