क्रिकेट
आईपीएल फाइनल : दिल्लीले मुम्बईलाई दियो १ सय ५७ रनको लक्ष्य
०

काठमाडौं, कार्तिक २५-
यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि भइरहेको खेलमा दिल्ली क्यापिटल्सले जितका लागि मुम्बई इन्डियन्सलाई १५७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।
दिल्लीका लागि कप्तान श्रेयस ऐयरले नटआउट ६५ र ऋषभ पन्तले ५६ रन बनाए। शिखर धवनले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























