समाचार

फेसबुकमा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका भक्तपुरका डाक्टर काभ्रेमा भेटिए

Banner

काठमाडौं, कात्तिक २५-

भक्तपुरबाट बेपत्ता भएका अर्थोडोन्टिस्ट डा.दिगम्बर झा काभ्रेमा भेटिएका छन् । मङ्गलबार बिहान डा. झा सुसाईड नोट लेखेर बेपत्ता भएका थिए । काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५५ किलोमा डाक्टरलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएको छ ।

अन्दाजी ३२ वर्षीय उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् । गाडी लुकाएर घोत्लिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई फेला पारेको हो । बिहान ५ बजेतिर बा.१६ च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । प्रहरीले उनी चढेको कार पनि फेला पारेको छ ।

डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा र उनको बुवाको सम्बन्ध राम्रो थिएन ।

घरबाट निस्केको दुईघण्टामा उनी काभ्रे पुगेका थिए । पनौती हुँदै उनी दोलालघाट नजिक गएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । डा.झाले फेसबुक पेजमा सुसाईड नोट लेखेका थिए ।

सो स्टाटस उनका साथीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । यता परिवार पनि प्रहरी समक्ष पुगे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>