समाचार
गोकुल बाँस्कोटाको व्यंग्य – प्रधानमन्त्रीमाथि खतरनाक करवाहीको प्रतिक्षा गरौँ
०

काठमाडौं, कात्तिक २५-
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीलार्ई गरिने कारबाहीको प्रतिक्षामा रहेको बताएका छन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन् ।
‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























