समाचार
त्रिविद्धारा स्नातक तह चौथौ वर्षको परीक्षा तालिका सार्वजनिक

काठमाडौं,कार्तिक २४-
त्रिभुवन विश्वविद्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। कोरोना महामारीका कारण स्थगित भएको स्नातक तह चौथो वर्षको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्रको परीक्षा तालिका सार्वजनिक गरेको हो।
त्रिविले सार्वजनिक गरेको तालिका अनुसार मंसिर २८ गतेदेखि परीक्षा सञ्चालन हुनेछ। परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा फारम भर्न छुटेका विद्यार्थीले सम्बन्धित क्याम्पसमै गएर दोब्बर दस्तुर बुझाएर फारम भर्ने पाउने त्रिविले जनाएको छ।
परीक्षामा अनुपस्थित हुने विद्यार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने त्रिविले निकालेको सूचनामा उल्लेख गरिएको छ। त्यस्तै कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रिवि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन। परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा सात दिनभित्र जानकारी दिनुपर्नेछ।


























