क्रिकेट
दिल्ली क्यापिटल्स पहिलोपटक आइपीएलको फाइनलमा प्रवेश

काठमाडौं, कार्तिक २३–
दिल्ली क्यापिटल्स पहिलोपटक इण्डियन प्रीमियर लीग (आइपीएल)को फाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति सम्पन्न दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली पहिलोपटक आइपीएलको फाइनलमा स्थान बनाएको हो ।
दिल्लीले मंगलबार उपाधिका लागि मुम्बई इण्डियन्ससंग भिड्ने छ । पहिलो क्वालिफायरमा मुम्बईसंग नै पराजित भएपछि दिल्ली दोस्रो क्वालिफायर खेल्नु परेको थियो ।
टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १८९ रन जोडेको थियो । उसका लागि ओपनर शिखर धवनले ७८, शिमर हेटमायरले ४२, मार्कस स्टोनिसले ३८ र कप्तान श्रेयस ऐरले २१ रन बनाएका थिए ।
१९० रनको चुनौति पछ्याउँदै व्याटिङमा उत्रिएको हैदराबाद ८ विकेटको क्षतिमा १७२ रन मात्रै जोड्न सक्यो । केन विलियम्सनले ६७ रनको पारी खेलेपनि टिमलाई जिताउन सकेनन् । अब्दुल समादले १६ बलमा ३३ रनको उत्कृष्ट पारी खेल्दै दिल्लीलाई केही दवाबमा राखेका थिए ।
दिल्लीका लागि कागिसो राबाडाले ४, मार्कस स्टोनिसले ३ र अक्षर पटेलले एक विकेट लिए ।

























