समाज

कञ्चनपुरमा प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई नेपालीले लखेटे

Banner

महेन्द्रनगर, कार्तिक २३-

कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमाको निरीक्षण गरिरहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई स्थानीय नेपालीले लखेटेका छन्। आइतबार नेपाली पक्षसँग समन्वय नै नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणका लागि आएका एसएसबीलाई स्थानीयले लखेटेका हुन्।

बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको एसएसबीले निरीक्षण गरिरहेको थियो। नेपाली पक्षसँग समन्वय नगरी एकलौटी रुपमा निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटेको बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले बताए। उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसँग समन्वय गर्नुपर्ने तर भारतीय पक्षले समन्वय नगरेको बताए। उनले भारतीय पक्षले गल्ती गरेकोमा माफी समेत मागिसकेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>