Uncategorized

चितवनकी प्रदेश सांसद वाग्लेको दसैँ भत्ता विद्यार्थीको पढाइमा खर्च

Banner

चितवन, कात्तिक २२

चितवनकी वाग्मती प्रदेश सांसद गिता वाग्लेले आफूले पाएको दसैँ भत्तामा एक महिनाको मासिक पारिश्रमिक थप गरी एक जना विद्यार्थीलाई प्राविधिक विषय पढाउनु भएको छ ।

सांसद वाग्लेले गोरखा घर भई नारायणगढमा बसोबास गर्ने हर्षिता ढकाललाई चितवन मेडिकल कलेजमा रेडियोग्राफ्री विषय अध्ययनका लागि भर्ना गरिदिनु भएको हो । वाग्ले आँफै कलेज पुगेर ढकालको भर्ना बापत एक लाख भुक्तान गरिदिनु भएको हो । पार्टीले दसैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको भए पनि आँफुले तलब समेत थप गरी एक जना छात्रालाई प्राविधिक शिक्षा पढाउन लागेको वाग्लेले बताउनुभयो । आगामी वर्ष पनि ती विद्यार्थीको शिक्षण शुल्कमा सहयोग गर्ने उहाँको भनाइ छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को तीन वर्षे कार्यक्रम रेडियोग्राफीमा ढकाललाई उहाँले भर्ना गरिदिनु भएको हो । समाजसेवी वाग्लेले गत वर्ष मनहरीमा ओम शान्तिले निर्माण गरेको आमा घरमा दुई महिनाको तलब प्रदान गर्नु भएको थियो । उहाँले रामपुरमा निर्माण हुँदै गरेको गौंतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई एक लाख प्रदान गर्नु भएको छ । वाग्लेले विभिन्न संघसंस्थालाई सहयोग गर्दै आउनु भएको छ । उहाँ नेपाली कांग्रेसबाट प्रदेश सांसद बन्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>