गण्डकी

पर्वतको कुश्मामा एक युवती मृत फेला

Banner

कुश्मा,कार्तिक १६-

पर्वतको कुश्मा नगरपालिका–१३ खौलाकी एक महिला मृत फेला परेकी छिन्। उनी २९ वर्षीया पूर्णमाया नेपाली भएको जनाइएको छ। सोही ठाउँस्थित सिस्नेपानी खोला किनारको झाडीमा उनी शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

उनी बिहीबारदेखि हराइरहेकी थिइन्। घटनाबारे सोधपुछ एवं थप अनुसन्धानका लागि उनको श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>