गण्डकी

गण्डकी प्रदेशमा चौबिस घण्टामा २६९ सङ्क्रमित थपिए, तीन जनाको मृत्यु

Banner

पोखरा,कार्तिक १४-

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१५ का ८१ बर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान होम आइसोलेसनमा रहेकै क्रममा निधन भएको छ भने स्याङ्जाको वालिङ नगरपालिका-५ का ७० वर्षीया महिलाको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै बाग्लुङको गल्कोट नगरपालिका-३ का ७२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको बिहीबार साँझ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ३१६ पुगेको छ । प्रदेशमा हालसम्म चार हजार २२१ जना सङ्क्रमित निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार २० जना पुगेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>