गण्डकी
पोखराका तीनजना कोरोना संक्रमितको निधन
०

पोखरा,कार्तिक ९-
पोखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमणबाट पोखराका तीन जनाको ज्यान गएको हो। मृत्यु भएका तीनै जना पुरुष हुन। कास्की जिल्ला, पोखरा महानगरपालिका १ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको २०७७-०७-०७ गते बेलुका ७,४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ।
कास्की जिल्ला, पोखरा महानगरपालिका(२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको २०७७-७-०८ गते बिहान गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ कास्की जिल्ला, पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको २०७७-०७-०८ गते दिउसो पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारका क्रममा निधन भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























