Breaking News

देशभर ५७१३ प्रहरी कोरोना संक्रमित, ५१८ जना निको भए

Banner

काठमाडौं, कात्तिक ६

कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएर काम गरिरहेका देशभरका पाँच हजार ७१३ जना प्रहरी संक्रमित भएका छन् ।

जसमध्ये तीन हजार ५१८ जना निको भएर घर फर्किएका छन् । अहिले प्रहरीमा दुई हजार १९५ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा काठमाडौं उपत्यकाकै एक हजार १६४ जना छन् । जसमा प्रहरी प्रधान कार्यालयकै ४७९ र उपत्यकाका ६८५ प्रहरी छन् ।

यस्तै प्रदेश १ का १४७ जना, प्रदेश २ का ८१ जना, वाग्मती प्रदेशका १८४ जना, गण्डकी प्रदेशका २२१ जना, लुम्बिनी प्रदेशका २०० जना, कर्णाली प्रदेशका ५३ र सुदूरपश्चिम प्रदेशका १२२ जना सक्रिय संक्रमित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>