अन्तर्राष्ट्रिय
विश्वभर ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त
०

काठमाडौं,कार्तिक ४ –
विश्वभरका ३ करोडभन्दा बढी व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् । अर्थात् कुल संक्रमितको ७४ प्रतिशत व्यक्तिले कोरोनालाई परास्त गरेका छन् । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड ६३ लाख ५ हजार २९१ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ३ लाख ४७ हजार ६३४ जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने २ लाख ३९ हजार २५४ जना निको भएर घर फर्किएका छन् । यस्तै एकै दिन थप ४ हजार ३८९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ७५८ पुगेको छ ।
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८४ लाख ५६ हजार ६५३ हजार पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























