अन्तर्राष्ट्रिय

उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता

Banner

काठमाडौँ, साउन ४-

उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको विपद् तथा बाँध व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ ।

प्राधिकरणका अनुसार विपदमा परी १० जना घाइते भएका छन् । हताहत हुने सबै व्यक्तिलाई चाउ प्रान्तका रहेका छन् । गत बुधबारदेखि आइतबारसम्म परेको अविरल वर्षाका कारण उक्त क्षेत्रमा बाढी र पहिरो गएको थियो । विपद्ले व्यापक भौतिक क्षति पुर्याएको छ ।

प्रारम्भिक विवरणअनुसार ४२७ घर पूर्ण रूपमा ध्वस्त वा क्षतिग्रस्त भएका छन् भने उच्च जोखिमयुक्त क्षेत्रबाट करिब १४० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विपदबाट भएको आर्थिक क्षति करिब ३६२ दशमलव ४६ अर्ब भियतनामी डङ (करिब एक करोड ४३ लाख अमेरिकी डलर) बराबर रहेको अनुमान गरिएको छ ।

स्थानीय अधिकारीहरूले क्षतिको विस्तृत विवरण सङ्कलन तथा बेपत्ताको खोजी कार्य जारी राखेका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>