शिक्षा
लोक सेवा आयोगका सबै लिखित परीक्षा स्थगित
०

काठमाडौं, कार्तिक ३-
लोक सेवा आयोगले सोमबार एक सूचना जारी गर्दै कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएको छ ।
कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा जनाइएको छ ।
सूचनामा भनिएको छ – ‘कर्मचारीहरु आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भइ तत्काल परीक्षा संचालन गर्न कठिनाइ भएकाले आयोगले पूर्व निर्णय बमोजिम तोकिएको निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका मिति २०७७ साल कार्त्तिक १६ गतेदेखि संचालन हुने सम्पूर्ण लिखित परीक्षा हाललाई स्थगित गरिएको हो’ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























