समाचार

का‍ंग्रेसका सबै सांसदलाई सभापति देउवाकाे निर्देशन : दसैँ भत्ता फिर्ता गर

Banner

काठमाडौँ, कात्तिक ३–

आफ्नो पार्टीका सबै सांसदलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दसैँ भत्ता स्वरुप पाएको रकम फिर्ता गर्न निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई कांग्रेसका सबै सांसदले पाएको दसैँ भत्ता फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

सरकारले देशमा कोरोना भाइरसको महामारीका कारण जनता समस्यामा रहेको तथा अर्थतन्त्र कमजोर रहेका बेला सांसदलाई दसैँ भत्ता बाँडेको भन्दै आलोचना भइरहेको छ ।

विभिन्न सांसदहरुले व्यक्तिगत रुपमा भत्ता नलिने, फिर्ता गर्ने वा अरु सामाजिक कार्यका लागि खर्च गर्ने बताइरहेका बेला कांग्रेसले संस्थागत रुपमै आफ्ना सबै सांसदको भत्ता फिर्ता गर्ने भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>