समाचार

‘नेपाल घुम्नै नहुने ७ कारण’ भन्दै नेपालबारे भारतीय युवतीले गरिन् प्रचार

Banner

काठमाडौं, कार्तिक २-

पाटन दरबार स्क्वायरलाई ब्याक ग्राउण्डमा राखी मानसी अग्रवाल नामकी एक भारतीयले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘नेपाल घुम्नै नहुने ७ कारण’ अहिले भाइरल भएको छ ।

उनले पाटन दरबार स्क्वायरलाई ब्याक ग्राउण्डमा राखी अंग्रेजी भाषामा नेपालको बारेमा भिडियो निर्माण गरी सामाजिक सञ्जालमा राखेकी छिन् । कस्ता मानिस नेपाल घुम्न नहुने भनी भिडियो निर्माण गरेकी छन् ।

नेपालका बारेमा शीर्षक सुन्दा नेगेटिभ अर्थ लाग्ने उनको शैली धेरैलाई मन परेको छ । उनले सुरुवातमै ‘म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरुलाई बाँड्दै छु’ भनेर विषयबस्तु उठाएकी छन् ।उनको भिडियो भाइरल हुनुको कारण नै नेपाल प्रचार गर्ने अनौठो तरिका हो।

आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपाललै बसेको र यहीँ काम गर्ने जानकारी उल्लेख गरेकी छन् ।

‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा–बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु’, अग्रवालले लेखेकी छन्।

अग्रवालले पसिना नआउने ठाउँ मन नपर्ने मानिसका लागि नेपाल घुम्न ठीक नभएको बताएकी छन्। नेपालको मौसम अत्यधिक राम्रो भएको हुँदा जतिबेला पनि पसिना नआउने उनको भिडियो सन्देशमा छ।

त्यसैगरी उनले बिहान उठ्नेबित्तिकै छिमेकीको बाथरुम देख्ने बानी भएकालाई नेपाल घुम्न मन नपर्ने बताएकी छन्। किनकि नेपालमा बिहान उठ्नेबित्तिकै हिमालको हिउँसँगै सौर्य उदय हुन्छ। जसलाई प्रकृतिक सुन्दर मन पर्दैन नेपाल कहिल्यै नआउनु भन्ने उल्लेख गरेकी छन्।

उनले भिडियो सन्देशमा नेपालको विविध कला, संस्कृति भएकाले एउटै किसिमका मानिस हेर्ने चाहना राख्ने मानिस नेपाल नआउन आग्रह गरेकी छन्। नेपालको खाने कुरा जात जातिअनुसार फरक फरक हुँदा एउटै खाना मात्रै मन पर्नेका लागि नेपाल घुम्न उपयुक्त नभएको उल्लेख गरेकी छिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>