समाचार

रौतहटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

Banner

रौतहट, कात्तिक ३-

रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको छ । आइबार मृत्यु भएका दुई जनासहित उक्त सङ्ख्या पुगेको हो । पछिल्लो समयमा मृत्यु भएका संक्रमितको नेपाली सेनाले छुटाछुटै दुई स्थानमा शव व्यवस्थापन गरेको छ । इन्द्रबक्स गण गौरबाट गएका तालिमप्राप्त नेपाली सेनाको टोलीले कटहरिया नगरपालिका ७ बगही र माधव नारायण नगरपालिका ७ मा शव व्यवस्थापन गरेको हो ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कटहरिया ७ का ७० बर्षिय एकजना पुरुषको बगही गाँउछेउमै सेनाको टोलीले शनिवार बेलुकी शव व्यवसथापन गरेको महासेनानी सामन्तध्वज खाँडले बताउनुभयो ।

चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी माधवनारायण ७ की ७० वर्षीय एक महिलाको उनकै गाँउछेउमा शव व्यवस्थापन गरिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>