मौसम

४ महिना पछि मनसुन नेपालबाट बाहिरियो

Banner

काठमाडौँ, कात्तिक १-

४ महिना पछि नेपालबाट मनसुन बाहिरिएको छ । औषत भन्दा बढी वर्षा भएको मनसुन नेपलाबाट बाहिरिएको छ ।

गएको जेठ ३० गते पूर्वबाट नेपाल भित्रिएको मनसुन शुक्रबार (अशोज ३० गते) बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १) नै बहिर्गमन भएको थियो ।

आजदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले आज विशेष बुलेटिन निकालेर जनाएको छ ।

मनसुन अवधिमा कति वर्षा भयो भन्ने विस्तृत विवरण संकलनको काम भइरहेको महाशाखाले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>