Breaking News

चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, असोज २६–

चितवनमा आज (सोमबार) राति थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको राति ८ः१० बजेको समयमा मृत्यु भएको अस्पतालका संचार संयोजक डा.किशोर अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

यही असोज २३ गते कोरोना पुष्टि भएका ती पुरुष २४ गते अस्पताल भर्ना भएका थिए । कोभिड आइसीयूमा उपचाररत उनको राति मृत्यु भएको हो । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेमा चितवनका ३६ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>