Breaking News
कोरोना भाइरस कुनै कुनै सतहमा २८ दिनसम्म जीवित रहन सक्ने वैज्ञानिकहरूको भनाई
०

काठमाडौँ, असोज, २६-
कोरोनाभाइरस (कोभिड–१९) पैसा (नोट), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस (सार्स–कोभ–२) सोचिए भन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको हो ।
अनुसन्धानकर्ताहरूले यो प्रयोग अँध्यारो अवस्थामा गरेका हुन् । परावैजनी वा अल्ट्राभायोलेट किरणले भाइरसलाई मारिदिने देखिइसकेको छ ।
अस्ट्रेलियाली निकाय सीसीरोले गरेको पछिल्लो अनुसन्धानमा मोबाइल फोनको स्क्रीनजस्तो समथर सतह, प्लास्टिक तथा पैसाका नोटमा २० डिग्री सेल्सियसको तापक्रममा भाइरस २८ दिनसम्म जीवित रहेको उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























