अन्तर्राष्ट्रिय

रामदेवको कम्पनी पतञ्जलीलाई १६ लाख जरिवाना

Banner

चितवन, भदौं ९-

भारतको तमिलनाडुस्थित मद्रास हाइकोर्टले हालै योगगुरु रामदेवको कम्पनी पतञ्जलीलाई १६ लाख रूपैयाँ (१० लाख भारु) जरिवानाको निर्णय सुनाएको छ। पतञ्जलीले मानिसमा प्रतिरक्षा प्रणाली बलियो बनाउने र कोरोनाविरुद्ध लड्न सक्ने भनी ‘कोरोनिल’ बिक्रीवितरण थालेको थियो।

कोरोनाले मानिस त्रसित भइरहेका बेला बिना परीक्षण औषधि ल्याएको र प्रचारप्रसार गरेको भन्दै अदालतले पतञ्जलीलाई जरिवाना गरेको हो। अदालतले यसअघिको अन्तरिम आदेशमा रोक लगाउँदै पतञ्जलीले कोभिड–१९ विरुद्ध ल्याएको भनिएको कोरोनिल शब्द प्रयोग नगर्न तथा औषधि बिक्रीवितरण बन्द गर्न आदेश दिएको छ।

चेन्नईस्थित अरुद्र इन्जिनियर्स प्राइभेट लिमिटेडले ट्रेडमार्क नियम उल्लंघन गरेको भन्दै कोरोनिल नाममा मुद्दा दायर गरेको थियो। उक्त कम्पनीले यसअघि नै उक्त नाम प्रयोग गर्दै आएको थियो। अरुद्रले दशकअघिदेखि नै औद्योगिक सरसफाइमा प्रयोग हुने कोरोनिल–२१३ एसपीएल र कोरोनिल–९२बी उत्पादन गर्दै आएको थियो।

अदालतले ठूलो लगानीमा चलिरहेको कम्पनीको उत्पादनको जस्तै नाम राखेर अर्को वस्तु बनाउनु र कोरोनाका डर देखाएर बिनापरीक्षण तथा अनुसन्धान नै नगरी औषधि बजारमा लैजानु गैरकानूनी काम भएको बताएको छ। कोरोनिल ट्याब्लेट कुनै अचुक औषधि नभई केवल रुघाखोकी र ज्वरोविरुद्धको प्रतिरक्षा बुस्टर रहेको बताइएको छ। पतञ्जलीलाई तोकिएको जरिवाना अगस्ट २१ अगावै भुक्तान गर्न वा अगस्ट २५भित्र यसविरुद्ध ज्ञापन दिन आदेश दिइएको छ। (एजेन्सी)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>