देश/प्रदेश

काठमाडौंको चप्पल कारखाना अगाडि सवारी दुर्घटना

Banner

काठमाडौं, साउन १ –

काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि दुई वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार गर्न महाराजगञ्ज प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुर्घटनामा परेका सवारी साधन र घाइतेहरूको विवरण संकलन भइरहेको छ । दुर्घटनामा संलग्न गाडीहरूको नम्बर र पहिचान खुल्न बाँकी रहेको छ । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>