कर्पोरेट
२५ वर्षमा नेपाल लाइफको १३ अर्ब बढी प्रथम बीमा शुल्क आर्जन, बीमा उद्योगमा कीर्तिमान कायम

काठमाडौँ, साउन १–
२५ वर्षको गौरवमय यात्रामा नेपाल लाइफले १३ अर्ब भन्दा बढी प्रथम बीमा शुल्क (एफपीआई) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा पहिलो पटक अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित कम्पनीले आफ्नो २५ वर्षको गौरवमय यात्राका अवसरमा १३ अर्ब भन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ अध्याय थप्न सफल भएको हो। कम्पनीले गत आर्थिक वर्षमा रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्याउन सफल भएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्नुहुने सबैमा आभार व्यक्त गरेका छन् ।
कम्पनीले ‘२५ वर्षको विश्वास, आज १३ अर्बंको ऐतिहासिक उपलब्धिलाई सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाहरूको साझा सफलताका रूपमा ग्रहण गर्दै आगामी दिनमा पनि नेपाली जीवन बीमा क्षेत्रको अग्रणी संस्थाका रूपमा ऐतिहासिक उपलब्धिहरूको निरन्तरता कायम गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

























