देश/प्रदेश

साउन लागेसंगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल

Banner

काठमाडौँ, साउन १ –

साउन लागेसंगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ ।साउनमा महिलाहरु हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन् ।

हिन्दु देवता शिवलाई अपर्ण गरिने साउन महिनाभर महिलाहरु हरियो, रातो र पहेंलो पोते लगाउने गर्छन् ।साउन महिनामा हिन्दु महिलाहरूले हरिया चुरापोते लगाउने चलन छ । पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहेन्दी लगाउने गरेको पाइन्छ ।

हिन्दु धर्ममा सौभाग्यका रुपमा चिनिने पोते इरानी गहना हो । पोतेको व्यापार वर्षैभरि हुँदैन, तिज, साउन तथा विवाहको लगन भएका महिनामा असन र इन्द्रचोकमा भीड लाग्ने गर्दा छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>