देश/प्रदेश

पाइलटको विषय पारिवारिक विवाद तथा झै-झगडा हो स् बुद्ध एयर

Banner

काठमाडौं, साउन १ –

बुद्ध एयरले आफ्ना एक पाइलट प्रहरी हिरासतमा रहेको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानविन समिति गठन गरेको जनाएको छ ।

कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका समाचारअनुसार उक्त घटना पारिवारिक विवाद तथा झैझगडासँग सम्बन्धित रहेको जानकारी प्राप्त भएको जनाएको छ । घटनाबारे सत्यतथ्य बुझ्न बुद्ध एयरले आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको जनाएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेकाले छानबिनको निष्कर्ष आएपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।

विज्ञप्तिमा कम्पनीले सामाजिक उत्तरदायित्व र यात्रु सुरक्षालाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै तथ्यपरक छानबिन सम्पन्न भएपछि आवश्यक जानकारी सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>