अन्तर्राष्ट्रिय

कोरोना संक्रमणमुक्त भइसकेकालाई पनि फेरि संक्रमण हुने गरेको तथ्य फेला

Banner

एजेन्सी,भदौं ९–

कोरोना संक्रमणमुक्त भइसकेका व्यक्तिमा पनि फेरि संक्रमण हुने गरेको तथ्य फेला परेको छ । हङकङमा एक ३० वर्षीय युवामा साढे ४ महिनाको अन्तरालमा दोस्रो पटक कोरोना संक्रमण भएको पाइएको बीबीसीले जनाएको छ ।

एकै व्यक्तिमा दोस्रो पटक संक्रमण देखिनु एकदमै विरलै भएको र त्यसबाट आत्तिनु पर्ने अवस्था नभएको विज्ञहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले पनि एक व्यक्तिमा देस्रो पटक देखिएको दुर्लभ केसलाई सामान्यकरण गर्न नहुने जनाएको छ ।

हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरू भने उही व्यक्तिमा कोरोनाभाइरसको पुनःसंक्रमण भेटिएसँगै केही व्यक्तिहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक शक्ति केही महीनासम्म मात्रै रहने निष्कर्षमा पुगेका छन् ।

ती युवामा पहिलो पटक कोरोना भाइरस संक्रमणका क्रममा सामान्य लक्षण मात्र देखिएका थिए । पुनःसंक्रमणमा भने उनमा कुनै पनि लक्षण देखिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>