खेलकुद

छैटौं पटक बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि

Banner

काठमाडौं, भदौं ८–

पेरिस सेन्ट जर्मेनलाई पराजित गर्दै बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि उचालेको छ ।

आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै जर्मन क्लब बायर्नले ७ वर्षपछि छैटौं पटक च्याम्पियन्स लिग उपाधि उचालेको हो ।

बायर्नलाई जित दिलाउन पोर्चुगलको लिस्वनमा भएको खेलमा पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।  फ्रेन्च खेलाडी कोमनले गरेको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।

यसअघि स्पानिस क्लब बार्सिलोनाले २००९ र २०१५ मा दुई पटक ट्रेबल जितेको थियो ।

२०१३ मा घरेलु दुई ट्रफी र च्याम्पियन्स लिग जित्दै ट्रेबल बनाएको बायर्नले यसपटक पनि ट्रेबल उपाधि जितेको छ । बायर्न दोस्रो पटक ट्रेबल उपाधि जित्ने दोस्रो क्लब बनेको छ । बायर्नले यस सिजन जर्मन बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको हो ।

सन् २०१३ पछि पहिलो पटक फाइनल पुगेको बायर्नले उपाधि उचाल्न सफल भएको हो । बायर्नले पछिल्लो पटक सन् २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।

उता पहिलो पटक फाइनल पुगेको पीएसजीको च्याम्पियन्स लिग जित्ने सपना यसपटक पूरा हुन सकेन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>