साहित्य

राजकृष्ण कँडेल साहित्य पुरस्कार पराजुली र लाठलाई

Banner

चितवन, साउन २९-

चितवन साहित्य परिषद्ले (चिसाप) राजकृष्ण कँडेल साहित्य पुरस्कार–२०७६’, आख्यानमा कलम चलाउँदै आउनुभएका चितवनका पत्रकार एवं लेखक वसन्त पराजुली र उपन्यासकार गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ ।

कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ तथा वीरगञ्जका उपन्यासकार लाठको उपन्यास ‘अघटित’लाई उक्त पुरस्कार दिने निर्णय भएको चितवन साहित्य परिषद्ले जानकारी गराएको छ । चिसापका पूर्वअध्यक्ष एवं साहित्यकार स्व कँडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि रु १५ हजार ४५ नगदसहित सम्मानपत्र रहेको छ ।

परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उहाँका अनुसार यसअघि उक्त पुरस्कार डिल्लीराम मिश्र श्रमजीवीको ‘नेपाली पुरस्कारको इतिहास’, सुमन सौरभको लघुकथा सङ्ग्रह ‘स्वप्निस्तान’ र सूर्य लाकोजूको ‘मेरो घाम’लाई प्रदान गरि सकिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>