देश/प्रदेश

किसानसँग मन्त्री चौधरीको छलफल, आन्दोलनभन्दा संवादमा जोड

Banner

काठमाडौँ, ३१ असारः

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरिरहेका किसानका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

मन्त्री चौधरीले आज मन्त्रालयमा किसान प्रतिनिधिलाई आमन्त्रण गरी उहाँहरूका गुनासा तथा मागबारे छलफल गर्नुभएको हो ।

किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउन सकून् भन्ने उद्देश्यले बजारमा कडा अनुगमनको व्यवस्था गरिएको बताउँदै विचौलियाको समस्या समाधान गर्न कृषि विधेयक अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री चौधरीले किसानलाई आफ्नो उत्पादन नजिकका हाटबजारमा बिक्री–वितरण गर्न आग्रह गर्दै सबै किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमै पुगेर सामग्री बिक्री गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

“हामीले किसानका पीडा बुझेका छौँ । आन्दोलन समाधान होइन । किसानसम्म रासायनिक मल सहज रूपमा पुगोस् भनेर हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो । साथै उहाँले सम्बन्धित निकायसँग समन्वय गरी किसानका समस्या समाधानका गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले उत्पादन, बजार व्यवस्थापन, मूल्य निर्धारण तथा कृषि क्षेत्रका समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>