देश/प्रदेश
भूमिहीन र सुकुमुबासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव
०

काठमाडौँ, ३१ असारः
प्रतिनिधि सभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका विषयमा छलफल गराउन सङ्घीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।
प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७१ बमोजिम विपक्षी दलहरूको तर्फबाट बुधबार उक्त प्रस्ताव दर्ता गरिएको हो।
संविधान, कानुन र मानवअधिकारका मान्यताअनुरूप भूमिहीन तथा सुकुम्बासी नागरिकको संरक्षण र दिगो पुनःस्थापनाका विषयमा सदनमा छलफल गर्न आवश्यक रहेको सूचनामा उल्लेख गरिएको संसद् सचिवालयले जनाएको छ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहेका उक्त प्रस्तावको नेकपा (एमाले)का ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरेन राई समर्थक छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























