Breaking News

मुख्यमन्त्री गुरुङद्वारा नारायणीको कटान क्षेत्रको अवलोकनः नियन्त्रणमा २४ अर्ब लगानी गर्ने आश्वासन

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन १८-

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नवलपुरको नारायणीले कटान गरेको क्षेत्रको अवलोकन गर्नुभएको छ ।
नारायणीको कटानले बढी जोखिममा परेको मध्यबिन्दु नगरपालिका–३ को रतनपुर, मध्यबिन्दु २ को सेहरी र कावासोती नगरपालिका–१७ को अमलटारी क्षेत्रको मुख्यमन्त्री गुरुङले अवलोकन गर्नुभएको हो । केहि दिन अघि परेको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको वहाब बढेपछि कटानका कारण मध्यबिन्दु नगरपालिकाका करिब एक दर्जन गाउ“ जोखिममा परेका छन् । मध्यबिन्दु नगरपालिका –३ रतनपुर क्षेत्रको करिब एक दर्जन गाउ“ डुवानको जोखिममा परेको छ ।

मुख्य मन्त्री गुरुङसँग स्थानीयले आफ्ना समस्या राखेका थिए । अझै पनि ठूलो वर्षा भएमा नदीको कटान तीव्र भई गाउँ नै नदिसँगै बग्ने जोखिम रहेको भन्दै स्थानीय योगमान चौधरीले नदीलाई तत्काल नियन्त्रण गर्न अझै उचित बजेट बिनियोजन गर्न माग गरे ।

नारायणी नदीले रतनपुर, नन्दपुर, सेहरी, सितापुर, भिउरान, तमासपुर, वरुवा, भडारालगायतका गाउ“ समेत जोखिममा परेको र यहाँको नम्बरी लालपूर्जा भएकै हराजौ बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको चौधरीले गुनासो गर्नुभयो । स्थानीयले आफूहरुले खेती गर्दै आएको हजारौ बिघा जग्गा बगरमा परिणत भए पनि अहिलेसम्म त्यसको कुनै पनि क्षतिपूर्ती नपाएको र आफ्नै जग्गामा पनि हिउँको समयमा घासपात काट्दा, माछा मार्न जादा निकुञ्ज प्रशाशनबाट आएका सुरक्षाकर्मीले समात्ने, ज्यादती गर्ने गरेको भन्दै आक्रोश समेत पोखेका थिए ।

स्थानीयको गुनासो सुनेपछि सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले नदीको कटान नियन्त्रणको दिर्घकालीन समाधानका लागि अनुमानित २४ अर्बको मेघा प्रजेक्ट सुरु हुने बताउनुभयो । ‘नारायणी नदीको नियन्त्रण दुईचार करोडले मात्र सम्भव छैन, त्यसैले नारायणी नदीको गैँडाकोटदेखि त्रिवेणीसम्म ८२ किलोमिटर क्षेत्रमा नै दिर्घकालीन समाधानका लागि मेघा प्रोजेक्ट सुरु हुन्छ । नदीको धारलाई साबिककै स्थानबाट बग्ने बनाउने काम हुन्छ । करिब २४ अर्ब लाग्ने अनुमान छ’, मन्त्री गुरुङले भन्नुभयो । वहाँले तत्काल बस्ती डुबानको जोखिमबाट जोगाउन प्रदेश सरकारबाट आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । नदीको कटानले बस्ती जोखिममा परेको जानकारी आएसँगै संघ, प्रदेश र स्थानीय सरकारले तत्कालै बजेट बिनियोजन गरेर काम सुरु भएको मन्त्री गुरुङले बताउनुभयो । प्रदेश सरकारले २० लाख बिनियोजन गरेको र आवश्यक थप बजेट बिनियोजन गर्न तयार रहेको बताउनुभयो ।

केहि दिनअघि परेको अविरल वर्षाले यस क्षेत्रमा कटान तीव्र पारेपछि संघले ३० लाख , प्रदेशले २० लाख र मध्यबिन्दु नगरपालिकाले १५ लाख रुपैयाँ गरी ६५लाख रुपैँया बिनियोजन गरि ठूला ढुंगाहरु नदी किनारको कटान क्षेत्रमा थुपारेर कटान रोक्ने पहल गरिएको छ । जाली बनाएर ‘स्पर’हरु बनाउन हाल असम्भव भएकाले ढुंगाहरु नदी किनारको कटान क्षेत्रमा थुपारेर कटान रोक्ने पहल गरिएको सासंद तिलक महतले बताउनुभयो ।

सासंद तिलक महत, गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहा प्रदेशबाट आएका नेकपाका नेता तथा स्थानीय जनप्रतिनिधी लगायतको टोलीले नारायणी नदीले कटान गरेको बिभिन्न स्थानको अवलोकन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>