Breaking News

बाढीले जंगली जनावर जोखिममा, नारायणीमा बग्दै गरेको मृृगको उद्धार

Banner

ज्ञानु पंगेनी

नवलपुर, साउन ६

नारायणी नदीमा आएको बाढीका कारण चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका जंगली जनावारसमेत जोखिममा परेका छन् ।
गत वर्षसमेत बाढीले बगाएर यहाँका गैंडा, मृगलगायतका जंगली जनावार भारतसम्म नै पु¥याएको थियो भने बाढीमा बगाउँदा जनावर मरेका थिए । लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सर्तकता तह पार गरेको छ । पानीले जमिन कटान गर्दा नदी तटीय क्षेत्रका बस्ती त जोखिममा परेका नै छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रका जंगलमा समेत बाढी पसेपछि जंगली जनावर समेत जोखिममा छन् ।

नवलपुरको मध्यबिन्दु नगरपालिकाको तमासपुर भएर बगेको नारायणी नदीले आसपासका जंगलमा रहेका मृगलाई बगाएको छ । मृगलाई बगाउँदै गरेको देखेपछि दाउन्ने देवी मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका बुद्धि गुरुङले ज्यान कै बाजी लगाएर एउटा मृगको उद्धार गरेका छन् । नदीमा मृग बगिरहेको देखेपछि उक्त मृगको उद्धार गरेका हुन् । नदीमा अन्य मृग समेत बगेको भए पनि उद्धार गर्न सक्ने नदीको किनार नजिक रहेको एउटा मृगलाई उद्धार गरेको गुरुङले बताए । उनले आफ्नो बलबुताले भ्याएसम्म जनावरको उद्धारमा खटिने बताएका छन् । दिउँसोको समयमा उद्धार गर्न सकिने भए पनि रातिको समयमा अप्ठेरो पर्ने उनले बताए ।

कतिपय लोपोउन्खुम जंगली जनावार समेत बाढीमा बगेर मृत्य हुने र अन्यत्र जाने जोखिम भएकाले अन्य सम्बन्धित निकायले समेत जनावारको उद्धारका लागि योजना बनाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>